बुढानीलकण्ठस्थित धनेश्वर मन्दिर परिसरमा तीन सय बिरुवा रोपियो

शनिबार, १३ साउन, २०८०
डिजिटल संस्करण

बुढानीकलण्ठ नगरपालिका– ४ पासिकोटस्थित धनेश्वर मन्दिर परिसरको खाली जग्गामा वृक्षरोपण गरिएको छ।

रोटरी क्लब अफ मातृभूमि बालुवाटार र विष्णुमती धन्यढिकुरो सरोकार समितिको आयोजनामा स्थानीय जनप्रतिनिधिसहितको टोलीले तीन सय बिरुवा सार्वजनिक जग्गामा रोपेका हुन्।

यस क्षेत्रको सार्वजनिक जग्गा संरक्षण र नदी सरसफाइ गर्दै आइरहेको समितिले विष्णुमती नदी सरसफाइ अभियानको १३०औँ हप्ता पुगेको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको समितिले जनाएको छ।

वृक्षरोपण कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, प्रदेश सभा सदस्य श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका– ४ का वडाध्यक्ष श्रीराम केसी, वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्कालगायत विभिन्न संघसंस्था र स्थानीयको सहभागिता रहेको थियो।

स्थानीय हरिबहादुर केसीका अनुसार कपुर, एभोकाडो, अम्बा, समी, रुद्राक्षलगायत जातका तीन सय बिरुवा खाली जग्गामा रोपिएको हो।

सुझावित समाचार