दाङमा खोलाले स्कारपिओ बगायो

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

दाङमा खोलाले स्कारपिओ बगाएको छ। तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरमा स्थानीय खोलाले बा.११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो।

घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौने ११ बजेतिर बगाएको प्रहरीले बताएको छ। तर, त्यसमा चालक मात्रै सवार थिए।

उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार स्कारपिओ पनि साढे १ बजेतिर निकालिएको छ। उक्त खोला भोजपुर हुँदै घोराही जाने बाटोमा पर्छ।
 

See More On

सुझावित समाचार