ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइन जानकारी लिन सकिने

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ।

सानिमा बैंकले जारी गरेका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्युआर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने बैंकले जनाएको छ। 

यस्तै, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ। यसअन्तर्गत चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।

यो सुविधासँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर मेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकको दाबी छ। 
 

सुझावित समाचार