रास्वपाकाे अवराेधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई बैठकमा पेस गरेपछि सो पार्टीले विरोध जनाएको हो।

रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए। प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए। 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराए। तर, रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। 

सुझावित समाचार