कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडबीच बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने कुमारी बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।
जसअनुसार त्रैमासिक सदस्यता छनोट गर्ने ग्राहकले भने ५ प्रतिशत मात्र छुट पाउने जनाइएको छ । यो छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा कुमारी बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त यो व्यवस्था गरेको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा तीन सय दुई शाखा, ४९ एक्सटेन्सन काउन्टर, तीन सय आठ एटिएम तथा ६३ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।