प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रिय सभा अवरुद्ध गरेको छ। दिउँसो १ बजे बैठक सुरु भएको बैठक सुरु भएलगत्तै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाए।
राष्ट्रिय सभा अध्यक्षले पटकपटक आग्रह गर्दासमेत बैठक चल्न नदिएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।
गत सोमबार पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि दुवै सदन अवरुद्ध गरेको थियो।