कालीकोटका विद्यार्थीलाई महालक्ष्मी बैंकको छात्रवृत्ति

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले कालीकोट जिल्लाका पाँचजना विद्यार्थीलाई प्लस टु वा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति हस्तान्तरण गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका पाँचजना विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउन दुई लाख ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको हो । 

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ ।बैंकले कालीकोट जिल्लाका सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक, तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिइभिटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँचजना विद्यार्थीले उक्त छात्रवृत्ति पाउने जनाएको छ । 

बैंकले अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले भक्तपुरको वागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत दत्त कठायत, बुढानीलकण्ठको लोयल्टी एकेडेमीमा अध्ययनरत ईश्वरी शाही, सुर्खेतको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत भावना शाही, बुढानीलकण्ठको बे्रन ल्यान्ड एकेडेमीमा अध्ययनरत सृष्टि शाही र चाबहिलको रिलायन्स इन्टरनेसनल एकेडेमीमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई पनि प्रतिविद्यार्थी ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति उपलब्ध गराएकोे जनाएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ । 

सुझावित समाचार