हामीलाई प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : ओली

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को जवाफको सट्टा पदबाट राजीनामा चाहिएको बताएका छन्।

संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसद् खुलाउनका लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने पार्टीको बटमलाइन प्रस्ट्याएका हुन्।

‘उहाँ (प्रधानमन्त्री प्रचण्ड)को अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो। त्यसैले हामीलाई जवाफ होइन, अब राजीनामा चाहियो, उहाँबाट साह्रै भएन,’ ओलीले भने। 

गत सोमबार भारतीय व्यवसायी प्रीतम सागरको किताब विमोचनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतमले धेरैपटक दिल्ली धाएको र नेपालका नेताहरूलाई पनि मनाउनका लागि कोसिस गरेको अभिव्यक्ति दिएका थिए। 

उनको विवादास्पद अभिव्यक्तिपछि एमालेसहित रास्वपा, राप्रपालगायतका विपक्षी दलले बुधबार सदन अवरोध गरेका छन्।

सुझावित समाचार