सुटिङ संघको अध्यक्षमा श्रेष्ठको निरन्तरता

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

नेपाल सुटिङ संघको अध्यक्षमा पुष्पदास श्रेष्ठ पुनः निर्वाचित भएका छन्। आज भएको साधारणसभा तथा निर्वाचनबाट श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा घिसिङ, उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरन्जनकुमार रेग्मी छन्। महासचिवमा प्रदीप खाती, सचिवमा रूपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिएका छन्। 

सदस्यमा अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेको छ।

सुझावित समाचार