प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि सांसदहरूको सल्लाहमा बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो वर्ष समय अभावले बजेट संशाेधन गर्न नसके पनि आगामी वर्षदेखि बजेट निर्माण प्रणालीमा सुधार गर्ने बताएका हुन्।
उनले बजेट वक्तव्यमै मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तबाटै सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गर्ने व्यवस्था मिलाउने बताए।