होम गार्डेनिङ सुरु गर्नुअघि

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

राम्रो गुणस्तरको बिउ चयन गर्नुस्, जसकारण भविष्यमा राम्रो र स्वस्थ बिरुवा हुर्कियोस् 

आजकल गमलामा बिरुवा रोपर मानिसले घरमै बगैँचा बनाउँछन् । तर, होम गार्डेनिङ सुरु गर्नुअघि तपाईंले केही कुरामा ख्याल गर्न जरुरी छ । 

- सबैभन्दा पहिले सही स्थान चयन गर्नुस् । कम्तीमा बिरुवालाई पाँच वा ६ घन्टासम्म प्रकाश मिल्ने खालको स्थान चयन गरेर गमला राख्नु राम्रो हुन्छ ।

- बिरुवाका लागि पर्याप्त पानी आवश्यक पर्ने भएकाले सहजै पानी पु¥याउन सकिने ठाउँमा गमला राख्नुस् । खुला स्पेसमा गमला राख्नुभयो भने राम्रो हुन्छ । जसकारण, गमलामा पानी हाल्न असहज नहोस् । 

- गमलालाई तेज हावा र गर्मीको समय चर्को प्रकाशबाट पनि जोगाउन जरुरी छ । किनकि, तेज हावा र चर्को प्रकाशले बिरुवालाई नष्ट गर्न सक्छ । 

- राम्रो गुणस्तरको बिउ चयन गर्नुस् । जसकारण, भविष्यमा राम्रो र स्वस्थ बिरुवा हुर्कियोस् । 

- हल्का वजन भएका गमला चयन गर्नुस् । यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न हुन्छ । तपाईंले घरमा प्रयोग नभएका भाँडामा पनि माटो र बिउ हालेर बिरुवा रोप्न सक्नुहुन्छ । बजारमा कम मूल्यमा पनि आकर्षक गमला पाइन्छन् । 

- तपाईंले राम्रो र गुणस्तरीय माटोको चयन गर्नुपर्ने हुन्छ । यसमा विभिन्न प्रांगारिक मल तथा पातपतिंगर पनि मिसाउन सकिन्छ । यसका लागि नर्सरी वा कृषिविज्ञसँग परामर्श गर्न सक्नुहुन्छ । 

See More On

सुझावित समाचार