विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  बुधबार बस्ने बैठकमा  विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका हुन् ।

उनले बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकको पक्षमा मतदान गर्नसमेत निर्देशन गरेका छन् । 

सुझावित समाचार