नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रि–एमडिआरटी सम्मान तथा बृहत् अभिकर्ता तालिम सम्पन्न गरेको छ। झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा उक्त कार्यक्रम गरिएको हो।
‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोसी प्रदेशमा रहेका शाखा कार्यालयहरूसँग आबद्ध भई बिमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सो कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए। सो अवसरमा उपस्थित करिब ७०० अभिकर्ताहरूलाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए।
समारोहमा समयभन्दा अगावै एमडिआरटीको लक्ष्य पूरा गरिसकेको दमक शाखाअन्तर्गतका अभिकर्ता रीता राई शेर्मा तथा उर्लाबारी शाखाका अभिकर्ता एलिसा आलेमगरलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए।