कपडाको दाग यसरी हटाउनुस्

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

पानीलाई तातो गर्ने र त्यसलाई प्लास्टिकको एउटा भाँडोमा हाल्ने । त्यसमा काउस्टिक सोडा हाल्ने । यसमा झन्डै एक चम्चाजति डिटर्जेन्ट हाल्ने र घोल्ने । 

सावधानी : हातले नघोल्नुस् । लौरोले यसलाई घोल्नुस् । किनकि, सीधै हातले छुँदा तपाईंको छालामा काउस्टिक सोडाले क्षति पुर्याउन सक्छ । त्यस्तै, बच्चाले देख्ने वा छुने ठाउँमा काउस्टिक सोडा कहिल्यै नराख्नुस् । काउस्टिक सोडा, जसलाई सोडियम हाइड्रोक्साइड पनि भनिन्छ, यस्तो केमिकल हो, जसलाई साबुननिर्माताहरूले प्रयोग गर्छन् । 

कपडा हाल्नुस् : यसरी पानी, काउस्टिक सोडा र डिटर्जेन्टलाई घोलिसकेपछि यसमा कपडा हाल्नुस् र एक वा दुई घन्टासम्म राख्नुस् । यसो गर्दा पानी निकै फोहोर बन्छ, तर माथि कपडा सफा हुँदै आउँछ ।

यसपछि कपडालार्ई वासिङ मेसिनमा हाल्दा पनि हुन्छ । धेरै दिनदेखि फोहोर अवस्थामा रहेका तौलियालगायत कडा कपडालाई एक रातसम्म पनि राख्दा हुन्छ । सेतो कपडामा लागेको दाग–धब्बा हटाउनका लागि यो एकदमै राम्रो उपाय हो । 

See More On

सुझावित समाचार