मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको स्पष्टीकरण दिएका छन्।

शुक्रबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीयताको मर्मअनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए। 

उनले संघबाट सञ्चालन हुने पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगन्ज करिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोसी–मरिन डाइभर्सन, बागमती, कमला, चन्द्रनहरलगायतका सिँचाइ आयोजना विभिन्न औद्याेगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई–मधेसलाई लक्षित गरेर नै अघि बढाइएको उल्लेख गरे।

‘सञ्चालनमा रहेका आयोजनाहरूको कार्यप्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने बृहतम् प्रभावलाई समेत सकारात्मक रूपमा लिन आग्रह गर्दछु। वीरगन्जको विकास सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भने।

सुझावित समाचार