वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

पूर्वरक्षासचिव आत्माराम पाण्डे भन्छन् –सुरक्षा सल्लाहकार पद पनि छैन, वैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर वैरागीलाई नियुक्ति गरियो

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

डा. वैकुण्ठ अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेको हो । हालसम्म कायम मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको हो । 

अर्याल यही ३ असारमा पाँचवर्षे सेवाअवधिका कारण सचिवबाट निवृत्त हुँदै थिए । उनी ३ असार ०७५ मा सचिव भएका थिए । कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउने छैनन् । मुख्यसचिवको पदावधि तीन वर्ष हुने व्यवस्था छ । 

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व  मुख्यसचिव  शंकर दास बैरागीलाई  राष्ट्रिय  सुरक्षा  परिषद्को  सल्लाहकारको सफत  गराउँदै तस्बिर : प्रदीपराज वन्त 

बैरागीको कार्यकाल आगामी असोजसम्म भए पनि सुरक्षा सल्लाहकारको नियुक्ति दिएर सरकारले अर्याललाई मुख्यसचिव बनाएको हो ।  पूर्वरक्षासचिव आत्माराम पाण्डेले यसकाे विराेध गरेका छन् । उनी  भन्छन्-  सुरक्षा सल्लाहकार पद पनि छैन, बैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर बैरागीलाई नियुक्ति गरियो । 

सुझावित समाचार