नेपाल एसबिआई बैंक लिमिटेड र विशालनगरस्थित अरोगिन हेल्थकेयर प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।
नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी अरोगिन हेल्थकेयरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, दिवा स्याहार, चौबीस घन्टे नर्सिङ सेवा, फिजियोथेरापी, ल्याबलगायतका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
बैंकका मुख्य प्रबन्धक विनोदकुमार ढुंगेल र हेल्थकेयरका प्रबन्धक जानुका विष्टबीच उक्त सम्झौता सम्पन्न भएको हो।