होन्डाको ‘एक्सचेन्ज र फाइनान्स मेला’

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

होन्डा मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’ सञ्चालन गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो पुरानो मोटरबाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्ने सुविधा प्रदान गर्नका लागि मेला सञ्चालन गरेको हो । 

मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाइ छ । मेलामा, आफ्नो पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै पाँच हजार रुपैयाँ एक्सचेन्ज बोनस तथा १० हजार रुपैयाँसम्मको स्क्र्याच कुपनले धेरै ग्राहक लाभान्वित भइरहेको कम्पनीको भनाइ छ ।

मेलामा सस्तो अग्रिम भुक्तानी र निकै कम ब्याजदरमा नयाँ होन्डा खरिद पनि गर्न सकिने उल्लेख छ । ‘होन्डा फाइनान्स’मार्फत ६० हजार रुपैयाँको अग्रिम भुक्तानी र १ प्रतिशत मात्रको ब्याजदरमा मेलाबाट नयाँ होन्डा चढी ग्राहकहरू सन्तुष्ट हुँदै फर्किरहेको कम्पनीको दाबी छ । मेलाका योजनाहरूमा सहभागी हुन काठमाडौंका होन्डा मोटरबाइकका सबै डिलरहरूमा सम्पर्क गर्न सकिनेछ र छिट्टै देशभर लागू हुने कम्पनीले जनाएको छ ।  

See More On

सुझावित समाचार