जी-२० देशका विकासमन्त्रीको बैठक वाराणसीमा

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

युरोपेली संघ, औद्योगिक एवं विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी– २० का विकासमन्त्रीहरूको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि वाराणसी आइपुगेका छन्। 

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वदन समितिले भव्य स्वागत गरेको थियो। 

आजदेखि आगामी तीन दिनसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा भाग लिन पवित्र नगरी काशी आउनेमा अस्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री सुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत छन्। 

बैठकको अध्यक्षता जी– २० को वर्तमान अध्यक्ष देश भारतका विदेशमन्त्री एस जयशंकरले गरेका छन्। 

See More On

सुझावित समाचार