ललितपुरको जावलाखेलमा एक सातादेखि जारी जुत्ता मेलामा अवलोकनकर्ता एवं उपभोक्ताको उपस्थिति बढ्दै गएको छ । जावलाखेल फुटबल ग्राउन्डमा १६ जेठदेखि सुरु भएको ‘प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला–२०८०’ मा सहभागी हुनेको संख्या बढ्दै गएको आयोजकले जनाएको छ । मेलामा दैनिक औसतमा पाँच हजार अवलोनकर्ता आइरहेको फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ आयोजित जुत्ता–चप्पल मेलामा विभिन्न ९ वटा ब्रान्डको सहभागिता रहेको छ । मेलामा बिएफ डियर हिल, गोल्डस्टार, रोयल सुज, फस्र्ट वाक सुज, बिएफ स्पोर्टस्, क्रस रोड सुज, हाई लाइफ, केटिएम, डिजे सुज र सिल्स ब्रान्डका लेडिज तथा जेन्स जुत्ता–चप्पल प्रर्दशनीमा राखिएका छन् । मेलामा यी ब्रान्डका ५ हजारभन्दा बढी मोडेल र डिजाइनका जुत्ता चप्पल अवलोकन एवं खरिद गर्न सकिनेछ । मेला प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मेलाको उद्घाटन गरेका हुन् । मेयर महर्जनले वर्षमा तीनपटक नेपाली जुत्ता–चप्पलको मेला आयोजना गर्न भन्दै प्रोत्साहन गरेको बताए ।

चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवं उपभोक्तालाई सहुलियत मूल्यमा जुत्ताचप्पल उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसनका अध्यक्ष एवं फस्र्ट वाकका प्रबन्ध निर्देशक नानीराज घिमिरेले बताए । ‘स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गर्नका लागि ग्रे मार्केटबाट हुने आयात र न्यून बीजकीकरण रोक्नुपर्छ,’ उनले भने, ‘जुत्ता उत्पादनमा आवश्यक कच्चा पदार्थको भन्सार दर पनि घटाउनुपर्ने हुन्छ । हामी जुत्तामा आत्मनिर्भरभन्दा माथि निर्यात गर्न सक्ने अवस्थामा छौँ ।’
मेलामा दुई वर्षदेखि सबै उमेरसमूहलाई मिल्ने जुत्ता, चप्पल र स्यान्डल छन् । फर्मल, स्पोर्टस्, क्याजुअल, स्कुल–कलेजदेखि पार्टी सुजसम्म मेलामा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । करिब एक महिना चल्ने मेलामा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोडबराबरको कारोबार गराउने लक्ष्य राखिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
स्पोर्टस् सुजका सयभन्दा बढी भेराइटी उत्पादन गर्छौँ
०५४ सालमा स्थापना भएको हो, हाम्रो उद्योग । अहिले दैनिक १५ सय जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । तर, आर्थिक मन्दीका कारण दैनिक चार सय जोर मात्रै जुत्ता उत्पादन भइरहेका छन् । हामीले हालसम्म आधिकारिक विक्रेता बनाएका छैनौँ । तर, देशभर होलसेलमा हाम्रो जुत्ता बिक्री भइरहेका छन् ।
आगामी साउनदेखि देशभर आधिकारिक विक्रेता दिने तयारीमा छौँ । ठ्याक्कै ब्रान्डको रूपमा जुत्ता सुरु गरेको भने एक वर्ष भयो । यो अवधिमा उपभोक्ताको फिडब्याक राम्रो छ । हामी स्पोर्टस् सुज मात्रै उत्पादन गर्छौं । तर, यसका एक सयभन्दा बढी भेराइटी छन् । सुरुवाती मूल्य १ हजार ९९ रुपैयाँबाट सुरु भएर ३ हजार ८ सय ९९ रुपैयाँसम्ममा पाइन्छन् ।
स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गर्नका लागि ग्रे मार्केटबाट हुने आयात र न्यून बीजकीकरण रोक्नुपर्छ । जुत्ता उत्पादनमा आवश्यक कच्चा पदार्थको भन्सार दर घटाउनुपर्ने हुन्छ । हामी जुत्तामा आत्मनिर्भरभन्दा माथि छौँ । यो मेला स्वदेशी उत्पादनप्रति आमउपभोक्ताको आकर्षण बढाउन पनि आयोजना गरिएको हो । मेलाले बजारमा उद्यमी व्यवसायीको मनोबल बढाउन तथा स्वदेशी वस्तुको प्रवद्र्धन गर्न योगदानसमेत गर्नेछ । हालको अवस्थामा फस्र्ट वाक सुजका सोरुम डिआरएन कम्प्लेक्स खिचापोखरी, प्युखा न्युरोड, बागबजार र बुटवलमा छन् ।
लेडिजलाई चाहिने अधिकांश जुत्ता उत्पादन गर्छाैँ, २१ देखि २६ प्रतिशतसम्म छुट छ
५० लाख रुपैयाँको लगानीमा चार वर्षअघि उद्योग सुरु गरेका हौँ । हामी आफैँले महिला (लेडिज) सुज बनाउँदै आएका छौँ । पार्टी, अफिस, स्कुल तथा कलेजमा लगाउन मिल्ने जुत्ता–चप्पल तयार पार्छौं । साथै, बिहेमा दुलहीले लगाउने जुत्ता पनि हाम्रो उद्योगमा बन्छ । यसको कच्चा पदार्थ भने स्वदेश तथा विदेशबाट ल्याउँछौँ । यस उद्योगबाट १२ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । हामीले उत्पादन गर्ने जुत्ताको मूल्य ७५० देखि ९५० रुपैयाँसम्मको छ । तर, मेलाको अवसरमा यसमा २१ प्रतिशतदेखि २६ प्रतिशतसम्म छुट दिएका छौँ । ९५० को जुुत्ता ७५० रुपैयाँ (२१ प्रतिशत छुट) र ७५० रुपैयाँको जुत्तालाई ५५० रुपैयाँमै (२६ प्रतिशत छुट) पाउन सकिन्छ । मेलामा हाम्रो स्टल नम्बर ७ रहेको छ । मेलामा आएर हाम्रो उत्पादनबारे जानकारी लिन सक्नुहुन्छ ।
अरूभन्दा फरक डिजाइनका जुत्ता उत्पादन गर्छाैँ
नमस्ते फुटवेयरको स्थापना ०६७ सालमा भयो । हाल हामीले दैनिक १२० जोरसम्म उत्पादन गर्ने गरेका छौँ । देशभरमा सयभन्दा बढी स्थानमा हाम्रा विक्रेता छन् । जुत्ताको गुणस्तरमा पहिलेभन्दा धेरै सुधार भएको छ । पहिला नेपाली जुत्ता भन्नेबित्तिकै नाक खुम्च्याउने हुन्थ्यो । अहिले विदेशी ट्याग राख्यो भने पनि नेपाली जुत्ता नै चाहियो भन्ने ग्राहकको संख्या बढ्दो छ ।
मेलामा दैनिक करिब पाँच हजार अवलोकनकर्ता आइरहेका छन् । मेला प्रवेशका लागि निःशुल्क व्यवस्था छ ।
हाम्रोमा सिजनल खालका जुत्ता, चप्पल छन् । स्कुल सुज, स्पोर्टस् सुज, बुट टाइपका जुत्ता प्रमुख उत्पादन हुन् । हामी अरूभन्दा फरक डिजाइनका जुत्ता उत्पादन गर्छाैं । त्यसैले हाम्रो स्लोगान नै छ– हेर्दा उस्तै, अरूभन्दा भिन्दै । हामीकहाँ जुत्ताको मूल्य चार सय रुपैयाँबाट सुरु भएर साढे ९ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै, ७ सयदेखि १२ सय रुपैयाँसम्मका चप्पल पनि पाइन्छन् । केही व्यक्तिको समूहले मेलाको नाममा ३६५ दिन नै पसल का रूपमा राखेका हुन्छन् । हामीले ललितपुरमा पहिलोपटक मेला गरेका हौँ । विगतमा भृकुटीमण्डपमा हामीले वर्षको दुईपटक मेला गथ्र्याैं । अब हामी ललितपुरबाहेक नेपालका प्रमुख सहरतिर पनि जान्छौँ ।
हाम्रो युनिक प्रडक्ट नै पार्टी सुज हो, मेलामा विशेष छुट दिएका छौँ
हामीले यो उद्योग चार वर्षअघि स्थापना गरेका हौँ । जेन्सले पार्टी, अफिस, कलेजमा लगाउन मिल्ने छालाको जुत्ता बनाउँछौँ । पार्टी सुज नै हाम्रो युनिक प्रडक्ट हो । बुट्सका साथै अन्य प्रकृतिका जुत्ता पनि बनाउँछौँ । बागबजार, लगनखेल, पुतलीसडकमा हाम्रा आउलेट छन् ।
हाम्रो प्रडक्टप्रति ग्राहक सन्तुष्ट भएको प्रतिक्रिया पाएका छौँ । हाम्रो उद्योगले २० देखि २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । हामीले उत्पादन गर्ने जुत्ताको मूल्य १९९५ देखि ५५ सय रुपैयाँसम्म छ । तर, यो मेलाको अवसरमा यसमा छुट पनि दिएका छौँ । १९५५ को जुत्तालाई एक हजार रुपैयाँमा र ५५ सयको जुत्तालाई ३५ सय रुपैयाँमा पाउन सकिन्छ । समग्रमा मेलाको अवसरमा एक हजारदेखि ३५ सय रुपैयाँसम्म जुत्ता पाइनेछ । मेलामा हाम्रो स्टल नम्बर ८ हो । स्टल अवलोकन गरेर प्रडक्टबारे जानकारी लिन सकिन्छ ।
३० प्रतिशत छुटमा गोल्डस्टार जुत्ता
पहिलोपटक ललितपुरमा स्वदेशमा उत्पादित जुत्ता–चप्पलको सेल्स मेला आयोजना गरिएको छ । मेलाले स्वदेशी ब्रान्डलाई ग्राहकसम्म पुग्न सहयोग पुर्याउँछ । र, स्वदेशी जुत्ता–चप्पलको बिक्री पनि बढाउँछ । मेलामा गोल्डस्टारले विभिन्न ४०–५० भेराइटीका जुत्ता, चप्पल र स्यान्डल सेल्समा राखेको छ । जसमा स्पोर्टस् सुज, रनिङ सुज, फुटबल सुज, फेब्रिकेटेड हवाई, पियू सुजलगायत छन् । यस्तै, मेलामा महिला, पुरुष र बच्चाका स्पोर्टस् सुज पनि राखेका छौँ ।
मेलामा गोल्डस्टारका डेढ–दुई सयदेखि १५ सयसम्मका जुत्ता–चप्पल उपलब्ध छन् । ग्राहकलाई जुत्ता–चप्पल खरिदमा ३० प्रतिशत डिस्काउन्ट दिएका छौँ । ललितपुरमा पहिलोपटक मेला आयोजना गरे पनि मान्छेहरू राम्रै आइरहनुभएको छ । एक महिनासम्म चल्ने मेलामा अवलोकनकर्ताले सुपथ मूल्यमा गोल्डस्टारका जुत्ता, चप्पल र स्यान्डल खरिद गर्न सक्नुहुनेछ ।
मेलामा २० देखि ५० प्रतिशतसम्म छुट दिएका छौँ
लालिगुराँस फुटवेयर नेपालको पुरानो जुत्ता कम्पनीमध्येको एक हो, जुन २४ वर्षअगाडि स्थापना भएको हो । क्रस रोड ब्रान्डले बजारमा परिचित कम्पनीका मुलुकभर विभिन्न स्थानमा आउटलेट छन् । लालिगुराँसले स्कुल, कलेज, स्पोर्टस्, पार्टी तथा क्याजुअल खालका जुता–चप्पलको उत्पादन गर्छ । तर, यो कम्पनीले पुरुषका लागि मात्रै जुता–चप्पल उत्पादन गर्छ ।
हामीले गुणस्तरीय सामानलाई प्राथमिकता दिने गरेका छौँ । भारतदेखि छाला आयात गरी नेपालमा नै जुत्ता–चप्पल बनाउँछौँ । तर, अन्य कच्चा पदार्थ भने नेपालबाट नै आपूर्ति गर्छौं । हामीसँग ५०० देखि ६ हजार रुपैयाँसम्मका जुता–चप्पल छन् । हामीले जुता–चप्पलमा ६ देखि एक वर्षसम्मको वारेन्टी दिन्छौँ ।
अहिले जावलाखेलमा भइरहेको मेलामा २० देखि ५० प्रतिशतसम्म छुट दिएका छौँ । गुणस्तरीय सामानमा नै छुट उपलब्ध गराएका हौँ । हामी हरेक नेपालीको खुट्टामा स्वदेशी उत्पादन नै पुगोस् भन्ने चाहन्छौँ । त्यसैले सरकारले नेपाली उत्पादनलाई प्रोत्साहित गर्न करदेखि लिएर कर्जामा सहुलियत प्रदान गर्नु आवश्यक छ ।
१०० रुपैयाँदेखि तीन हजारसम्मका जुत्ता–चप्पल छन्
मैले पोलिमर उद्योग ०६१ सालमा खोलेको हुँ । अहिले हाम्रो दैनिक उत्पादन क्षमता भनेको प्रतिदिन ३० हजार चप्पल/जुत्ता उत्पादन गर्ने छ । पछिल्लो समय हाम्रो उत्पादन बढेको भए पनि बजार पाउन सकेको छैन । ब्रान्डको हिसाबले पनि हामी निकै बलियो छौँ । बजारमा कम्पनीमो राम्रो छाप परेको छ ।
विगतका दिनमा निकै आकर्षक व्यापार रहेको व्यवसाय अहिले आर्थिक मन्दीले बन्द गर्नुपर्ने अवस्था आएको छ । मन्दीको असर झनझनै बढ्दै जाने हो भने घाटामा व्यवसाय सञ्चालन गर्न सकिँदैन । हाम्रो उत्पादनले हामी आत्मनिर्भर छौँ, आयात गर्नुको आवश्यकता छैन, तर भारतबाट प्रशस्त आउँदा हाम्रो व्यापार हुनुपर्ने हो, त्यति पनि हुँदैन ।
नेपालमा यस्ता उद्योगहरू धेरै रहेका छन् । उत्पादनको हिसाबले हामी निकै अब्बल छौँ । मूल्यको हिसाबले १०० देखि २५ सय ३ हजारसम्मको रहेको छ । स्टल नम्बर चार रहेको छ । यसपटक मेलाका लागि १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म्म छुट दिएका छौँ ।
१५ देखि ५० प्रतिशतसम्म छुट दिएका छौँ
ललितपुरमा पहिलो पटक स्वदेशी जुत्ता मेला आयोजना भएको छ । जावलाखेल फुटबल ग्राउन्डमा आयोजित मेलामा नौवटा ब्रान्ड सहभागी छन् । १६ जेठदेखि सञ्चालन भएको मेला १६ असारसम्म एक महिना चल्नेछ । मेलामा बिएफ डियर हिल, रोयल, फ्रस्र्ट वाक, सिल्स, हाइलाइफ, क्रस रोड, केटिएम, गोल्ड स्टार, डिजे ब्रान्डका लेडिज तथा जेन्स जुत्ता–चप्पल प्रर्दशनीमा राखिएको छ ।
मेलामा दैनिक औसतमा पाँच हजार अवलोनकर्ता आइरहेका छन् । यसअघि काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गथ्र्यौं । तर, त्यहाँ केही व्यवसायीले बाह्रै महिना जुत्ता मेलाका नाममा दोकान नै राख्न थाले । विदेशी जुत्ता–चप्पल पनि नेपाली भनेर बिक्री गर्न थाले । त्यसैले विशुद्ध स्वदेशी प्रडक्टको मेलाका लागि ललितपुरको जावलाखेल मैदानलाई रोजेका हौँ ।
हाम्रो संस्थाले विशुद्ध नेपाली ब्रान्डको प्रमोसन गर्दै आइरहेको छ । त्यसैले नेपाली ब्रान्डको प्रमोसनका लागि ललितपुरलाई रोज्यौँ । किनकि, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले वर्षमा तीनपटक नेपाली जुत्ता–चप्पलको मेला आयोजना गर्न प्रोत्साहन गर्नुभएको छ । हालसालै लन्च गरिएका फस्र्ट वाक, सिल्स, बिजे सुजजस्ता ब्रान्ड पनि प्रमोसनका लागि मेलामा सहभागी छन् ।
हामीले मेलाको स्लोगान नै ‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ राखेका छौँ । यहाँ दुई वर्षदेखि सबै उमेरसमूहलाई मिल्ने जुत्ता, चप्पल र स्यान्डल छन् । फर्मल, स्पोर्टस्, क्याजुअल, स्कुल–कलेजदेखि पार्टी सुजसम्म मेलामा राखिएको छ । मेलामा पाँच हजारभन्दा बढी मोडेलका लेडिज जेन्सका जुत्ता–चप्पल छन् । र, १५–५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।
बिएफ डियर हिलमा अफर
मेलामा बिएफ डियर हिल सुजले नयाँ उत्पादन मेलामा राखेको छ । यसै वर्ष लन्च गरेको बच्चाको किड्स स्पोर्टस् सुज, इभा स्यान्डल, लेडिज स्पोर्टस् सुज पनि मेलामा राखेका छौँ । यस्तै, लेडिज जेन्सका स्पोर्टस् सुज, क्याजुअल सुज, फर्मल सुज, चप्पल, स्यान्डिललगायत उपलब्ध छन् । मेलामा बिएफ डियरका ५ सयका चप्पलदेखि ४५ सय पर्ने पार्टी सुजसम्म खरिद गर्न पाइनेछ । यस्तै, मेलाको अवसर पारेर पाँच सयमै दुई जोर लेडिज क्लोज सुज पाउने अफर पनि ल्याएका छौँ । बिएफ डियर हिलका प्रडक्टमा पनि १५ देखि ५० प्रतिशतसम्म छुट दिएका छौँ ।
हजार रुपैयाँदेखि सात हजारसम्मका जुत्ता पाइन्छन्
आर्थिक मन्दिको असर अहिले छाला जुत्ता उद्योगको क्षेत्रमा पनि परेको छ । बजारमा माग छैन । विगतमा जुत्ता मेला भनेपछि चार्म नै बेग्लै हुन्थ्यो, अहिले नैराश्यता देखिन्छ । आर्थिक मन्दीले हाम्रो मात्र नभई सबैको उद्योग क्षेत्र त्यस्तै भएको छ ।
ब्रान्डको हिसाबमा सबैभन्दा अब्बल छौँ भनेर दाबी गर्दैँनौँ, तर कमजोर पक्कै पनि छैनौँ । स्पोर्टस्मा पनि धेरै मोडेल ल्याएका छौँ । गर्मी महिना, वर्षा महिनालाई हुने किसिमका आएको छ । त्यस्तै, पार्टी सुजमा पनि नयाँ मोडेल आएको छ । हामी हरेक हप्ता नयाँ मोडेल निकाल्दै आएका छौँ । हामीकहाँ हजार रुपैयाँदेखि पाँच हजार, ७ हजारसम्मका जुत्ता पाइन्छन् । मेलाका लागि नयाँ सामानमा हामीले १५ प्रतिशत डिस्काउन्ट दिएका छौँ । हाम्रो स्टल नम्बर ९ रहेको छ ।