पं. नवराज-शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव समारोह सम्पत्र

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

पं.नवराज-शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव समारोह तथा पं. नवराज पौडेलको १०३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ।

‘समाजका लागि यथाशक्य योगदान गर्ने लक्ष्यसाथ समय सापेक्ष हाम्रा विविध संस्कारहरू तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेनदार छात्रछात्राहरूलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट यथाशक्य शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ यो संस्था स्थापना भएको हो,’ पं. नवराज-शारदा स्मृति समाजले विज्ञप्ति जारी गर्दै भनेको छ।

पं. नवराज-शारदा स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदादेवी पौडेलले दिएका संस्कार, शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए। 

कार्यक्रममा संस्थाका सदस्य पदाधिकारी, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस वर्ष उक्त संस्थाले विपन्न वर्गहरूलाई  लक्षित गरी एकल विद्यालय फाउन्डेसन नेपाललाई एक वर्षको लागि एक विद्यालय सञ्चालन गर्न सहयोग प्रदान गरेको छ।

सुझावित समाचार