आगामी आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित बजेट प्रस्तुत गर्न संघीय सदनको बैठक सुरु भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमानित बजेट भाषण प्रस्तुत गर्नेछन्।
केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो।
१५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।