प्रधानमन्त्रीसँगको प्रश्नोत्तर फिक्सिङ गरिएको खेलजस्तो : मनीष झा

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रधानमन्त्रीले सांसदहरूसँग गरेको प्रश्नोत्तर म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘भ्रष्टाचारसँग सम्बन्धित हाम्रो माननीय शिशिर खनालले सोध्नुभएको प्रश्न थियो कि हेलिकोप्टरको पैसा कसले तिर्छ, चुनावको वेला प्रयोग गरिएको? आचारसंहिता मिचिएकोमा कसले सजाय भोग्छ भन्ने प्रश्नको जवाफ आएन। एकजना माननीयसँग सम्बन्धित स्कुलको कर छुट किन गरियो भनेर सोधिएको प्रश्नको जवाफ आएन। यस्ता प्रश्नको जवाफ आउँदैन भने कन्फिडेन्स छैन भने यसमा खासै मजा आउँदैन। म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै मात्रै भयो,’ उनले भने।

यद्यपि, प्रश्नोत्तर गरेर राम्रो अभ्यास सुरु भएको भन्दै सांसद झाले त्यसमा थप सुधार गर्न आवश्यक रहेको बताए।

See More On

सुझावित समाचार