पूर्वगृहमन्त्री खाणलाई टेकु हिरासत, पिएलाई सोह्रखुट्टे

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले टेकुस्थित हिरासतमा राखेको छ । 

उनका स्वकीय सचिव नरेन्द्र केसीलाई भने प्रहरी वृत्त सोह्रखुट्टमा राखिएको छ । एउटै हिरासतमा राख्दा अनुसन्धानमा असर पर्ने भएकाले फरक–फरक ठाउँमा राखिएको प्रहरीले जनाएको छ । 

दुवै जनालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । बिहीबारदेखि नै उनीहरूको बयान गर्ने प्रहरी तयारी छ ।

सुझावित समाचार