नेपाललाई युएईले दियो एक सय १८ रनको लक्ष्य
एसिसी प्रिमियर कपअन्तर्गत युएईले नेपाललाई उपाधि जित्नका लागि एक सय १८ रनको लक्ष्य दिएको छ। घरेलु टोली नेपाल र युएईले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । युएई एक सय १७ रनमा अलआउट भएको छ ।
सोमबार वर्षाले खेल स्थगित भएकाे थियाे । फाइनल खेल ‘रिजर्भ डे’मा जाँदा युएईले साेमबार २७.३ ओभरमा नाै विकेट गुमाउँदै एक सय ६ रन बनाएको थियाे, युएईले आज यहीँबाट ब्याटिङ गरेकाे थियाे ।