३ प्रश्न

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

‘मिसन ग्रासरुट’ अभियानको सन्देश कस्तो रह्यो ?
पार्टीको तल्लो तहदेखि नै विभिन्न सुझाब आएका छन् । पार्टी सुदृढीकरण र शुद्धीकरणमा ती सुझाब मार्गदर्शक बन्न सक्छन् । अहिले प्रदेश स्तरमा अभियानबारे समीक्षा बैठक भइरहेका छन् । काठमाडौं उपत्यका र बागमती प्रदेशको समीक्षा बैठक बाँकी छ । त्यहाँ पनि छिटै समीक्षा बैठक बस्नेछ । सबैतिरको समीक्षा बैठकपछि केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेर घनीभूत छलफल हुनेछ । यस अभियानले पार्टीलाई आन्तरिक रूपमा व्यवस्थित र गतिशील बनाउन सहयोग गरेको छ । अन्तर्विरोधहरू पहिचान भएका छन् । तिनको कसरी समाधान गर्ने भन्ने विषय च्यालेन्जिङ भए पनि पार्टी केन्द्रमा छलफल गरी अघि बढ्ने मार्ग तय भएको छ । 

पछिल्लो उपनिर्वाचनले दलहरूलाई कत्तिको दबाब दिएको छ ?
उपनिर्वाचनको परिणाम अपेक्षित रूपमा नआएको पक्कै हो । तर, यसबाट निराश बन्नुपर्ने अवस्था छैन । यसलाई दबाबका रूपमा लिनुभन्दा पनि सूक्ष्म ढंगबाट विश्लेषण गरेर अघि बढ्नुपर्छ । परिणामले पार्टीलाई सचेत र सजग भने बनाएको छ । 

पार्टी सुदृढीकरण र शुद्धीकरणका लागि के कस्तो योजना छन् ?
यसबारे केन्द्रीय कमिटीले योजना बनाउँछ । खासगरी अबको अभियान नयाँ मतदातासम्म पार्टीलाई पु¥याउने दिशामा केन्द्रित हुनुपर्छ । यस विषयमा पार्टीको तलदेखि माथिसम्म एक मत छ । पार्टीलाई पुरानै अवस्थामा पु¥याउनु हामी सबैको लक्ष्य हुनेछ । 

सुझावित समाचार