एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको हो।
आज नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नाै विकेटको क्षतिमा एक सय ६ रन जोडेपछि वर्षाका कारण खेल प्रभावित बन्न पुग्यो।
नेपाल क्रिकेट संघका अनुसार खेल भोलि आजकै स्थितिबाट सुरु हुनेछ। जारी खेलको विजेता टिम एसिया कपमा छनोट हुनेछ।