केबलकार उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन्।

नवलपुरको गैँडाकोमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा निर्माण भएको केबलकार उद्घाटन गर्न उनी चितवन आएका हुन्।

चितवन रहँदा दाहालले भोलि बिहान ६ बजे चितवनका सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्नेछन्। उनी आजको रात भरतपुर– १४ मा रहेको आफ्नै निवासमा बस्नेछन्।

सुझावित समाचार