रोहित र कुशलको अर्धशतक पूरा

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण
रोहित र कुशलको अर्धशतक पूरा

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध जारी खेलमा नेपालका रोहित पौडेल र कुशल मल्लले शतकीय साझेदारी गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहित र कुशल दुवैले अर्धशतक बनाएका हुन्। ताजा अवस्थामा ३०.१ ओभरको खेल सकिँदा रोहितले ५८ र कुशलले ५७ रन जोडेका छन्। रोहितले ६३ बलमा ५८ र कुशलले ४४ बलमा ५७ रन बनाएका हुन्।

वर्षाका कारण खेल रोकिएपछि आठ ओभर घटाएर ४२ ओभरमा झारेर पुनः सुरु गरिएको हो।

सुझावित समाचार