युवा संघका अध्यक्ष थेबेले गरे पदभार ग्रहण

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पदभार ग्रहण गरेका छन् ।

संघको केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा थेबेसहित नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेको संघका नेता निरोज पौडेलले जानकारी दिए । 

गत २७ चैतदेखि २९ सम्म बाँकेको नेपालगन्जमा सम्पन्न महाधिवेशनले थेबेको नेतृत्वमा दुई सय ९५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको थियो । 

पदभार ग्रहण कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य किरण पौडेललगायत सहभागी थिए । 

कार्यक्रममा संघका पूर्वअध्यक्ष बस्नेतले युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्न नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिए ।

सुझावित समाचार