चितवन २ मा ६० प्रतिशत मत खस्यो, मतगणनामा समय लाग्ने

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

उपनिर्वाचनअन्तर्गत चितवन २ मा करिब ६० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत वासुदेव न्यौपानेले शान्तिपूर्ण रूपमा मतदान सकिएको र ६० प्रतिशत मत खसेको जानकारी दिए।

भौगलिक विकटताका कारण मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले मतगणना सुरु हुन भने समय लाग्ने उनले बताए। ‘मतपेटिका संकलन गरिसकेपछि १०–११ बजेतिर सर्वदलीय बैठक राखेर अघि बढ्छौँ,’ उनले भने।

बारा क्षेत्र नम्बर २ मा पनि करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

See More On

सुझावित समाचार