
उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा बेलुका ५ बजेसम्म करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।
शान्तिपूर्ण मतदान भएको र ६० प्रतिशत बढी मत खसेको आफूहरूको अनुमान रहेको बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। मतदान अधिकृतबाट रुजु भइरहेकाले खसेको प्रतिशतको यकिन तथ्यांक आउन केही समय लाग्ने उनले बताए।
निर्वाचन अधिकृत उपाध्यायले मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको र मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिने बताए। ‘मतपेटिका भण्डारपछि सर्वदलीय बैठक राखेर कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणना सुरु गर्छौं,’ उनले भने।