भिक्टोरिया क्रस विजेता लिम्बूको निधन

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

बेलायती सेनाअन्तर्गतको गोर्खा रेजिमेन्टमा काम गरेर सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका पाँचथरका रामबहादुर लिम्बूको निधन भएको छ । उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीयाको हातबाट सर्वोच्च पदक पाएका उनी मात्रै बाँकी थिए । उनले ३० वर्षको उमेरमा बहादुरी पदक भिक्टोरिया क्रस पाएका थिए । 

२२ फेब्रुअरी १९६६ मा लिम्बूलाई बेलायती सेनाको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस दिने बेलायत सरकारको घोषणा थियो । त्यसको पाँच महिनापछि १२ जुलाईमा उनले बेलायती महारानी एलिजाबेथको हातबाट बकिंघम दरबारमा भिसीबाट विभूषित भएका थिए । भिसी पदक उनीसहित १३ जना नेपालीले प्राप्त गरेका छन् । मलायाविरुद्धको युद्धका क्रममा बहादुरी देखाएबापत उनले त्यो पदक पाएका थिए । 

सुझावित समाचार