कुशलको करिअरकै पहिलो शतक ‘सेलिब्रेसन’ [तस्बिरहरू]

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत खेलमा नेपालका कुशल मल्लले ५९ बलमा शतक प्रहार गरेका छन्। 

एकदिवसीय खेलमा चार अर्धशतक बनाएका कुशलको करिअरकै पहिलो शतक हो। 

कुशल पाँचौँ नम्बरमा क्रिज आएर नौ चाैका र नौ छक्का प्रहार गरे। कुशलले आरिफ शेखसँग ७५ र दीपेन्द्रसिंह ऐरीसँग २५ रनको साझेदारी गरेका हुन्। कुशल नेपाल ७२–४ को अवस्थामा क्रिज आएका थिए।

सुझावित समाचार