घरमा लगाउने रङ कस्तो छान्ने ?

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

घरमा कोठाको रङ संयोजनलाई महत्वका साथ हेरिन्छ । किनभने, घरसँग मानिसको मनोविज्ञान जोडिएको हुन्छ । घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ । 

- सेतो र गाढा खैरो रङ प्रयोग गर्दा राम्रो हुन्छ । यसले रोयल लुक्स दिन्छ । सकारात्मक ऊर्जा प्रदान गर्छ । 

- बेडरुममा गाढा पहेँलो रङ छनोट गर्दा राम्रो हुन्छ । क्रिम कलरको पनि उत्तम हुन्छ । यसले मनमा शान्ति दिलाउँछ । 

- नीलो रङले मानसिक क्षमतालाई प्रभाव पार्छ । यस्तो रङको प्रभावले उच्च रक्तचाप र मुटुको रोगीलाई पनि फाइदा हुन्छ । कोठामा केही धमिलो नीलो रङ प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो रङले थकान कम गर्न सहयोग गर्ने भएकाले बेडरुममा प्रयोग गर्दा राम्रो हुन्छ ।

- हरियो रङको प्रयोगले प्रेम सिकाउँछ । हरियो रङ आँखाका लागि पनि निकै आरामदायी मानिन्छ । त्यसैले घरका हरेक कोठालाई हरियो रङले पनि सजाउन सकिन्छ । यसले मानसिक तनाव पनि कम गर्छ ।

- पर्पल अर्थात् प्याजी रङले कोठाको सजावट गर्न सकिन्छ । यसले विलासिता तथा सिर्जनशीलताको प्रतिनिधित्व गर्छ । बेडरुममा यस्तो रङ प्रयोग गर्दा आरमदायी महसुस गराउँछ । 

- सुन्तला रङले सकारात्मक र सुक्षित अनुभूति दिलाउँछ । यो रङले रमाइलो वातावरण अनुभव गराउनुका साथै मस्तिष्कमा पनि सकारात्मक प्रभाव पार्छ । तर, लिभिङ र बेडरुममा यस्तो रङ प्रयोग गरिँदैन । त्यति राम्रो पनि देखिँदैन । 

- सेतो रङ प्रयोग गर्दा कोठा सफा देखिनुका साथै घर उज्यालो बनाउने कामसमेत गर्छ । 

सुझावित समाचार