सेयर बजार आज सामान्य घटेको छ। सोमबार उच्च अंकले घटेको नेप्से आज ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ। आज होटेल तथा पर्यटन, म्युचअल फन्ड र निर्जीवन बिमाबाहेक अरू समूहको सेयर घटेको छ।
आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ८७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ भने आज सबैभन्दा धेरै खप्तड लघुवित्तको सेयर पाँच प्रतिशतले घटेको छ।