सुगर फ्री खाद्यपदार्थका फाइदा

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

- सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, चाइना सिड, बेरी, टमाटर, ब्राउन राइसलगायत पर्छन् । 

- यसमा हेल्दी फ्याट पनि पर्छ । जैतुनको तेल, ओखर, बदाम आदिको प्रयोग गर्न सकिन्छ । दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।

- मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।

- खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ, तर यसको पोषण तŒव नउडोस् भन्ने कुरामा भने ध्यान पुर्याउनुपर्छ ।

- यस्ता खाद्यपदार्थले तौल घटाउनुका साथै मधुमेहको खतरालाई कम गर्छ । यस्ता खादपदार्थले शरीरमा लामो समयसम्म ऊर्जा दिने गर्छ । नेचुरल सुगरमा सामान्य कार्बोहाइड्रेट हुने गर्छ, जुन तत्कालै रगतमा मिसिन पुग्छ ।

- सुगर फ्री खाद्यपदार्थ पच्नका लागि लामो समय लाग्छ । जसकारण दिनभर रगतमा चिनीको मात्रा एउटै जस्तो हुन्छ ।

- चिनी कम र बढी फाइबरयुक्त खाद्यपदार्थले पाचन प्रणालीमा पनि सुधार ल्याउने काम गर्छ । यसकै कारण केन्डिडा ब्याक्टेरिया र विभिन्न संक्रमणबाट बच्न सहयोग पुग्छ ।

सुझावित समाचार