संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ भने साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन ०७८/७९ पेस गर्नुहुने कार्यसूची छ।

त्यस्तै, प्रधानमन्त्रीले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

सुझावित समाचार