टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैन : सचेतक बर्तौला

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभई अघि नबढ्ने बताएका छन्। 

सोमबार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

उनले नेकपा एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पुर्याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको बताए।

उनले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको उल्लेख गर्दै विधेयकमा रहेका कतिपय कन्टेनमा विस्तृत छलफल गर्न आवश्यक रहेको बताए। उनले एक महिनाको समय लिएर भए पनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए। 

सचेतक बर्तौलाले आजको बैठकमा प्रमुख तीन राजनीतिक दलबीच संसदीय गतिविधिमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको बताए। 
 

सुझावित समाचार