रविको घरको छतबाट खसेर चालक गम्भीर घाइते, प्रहरीले अनुसन्धान गर्दै

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन् ।भरतपुर– ११ स्थित लामिछानेको घरबाट बिहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घर भएका  शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

थापाको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको  प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

सुझावित समाचार