होटेल संघकी अध्यक्ष र प्रथम उपाध्यक्ष राष्ट्रपतिबाट सम्मानित

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

होटेल संघ नेपालकी अध्यक्ष सिर्जना राणा ‘सुप्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएकी छिन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेबापत पदक प्रदान गरिएको हो। महिला सशक्तीकरण तथा समाजसेवामा समेत सेवा गर्दै आएकी राणा अन्नपूर्ण ग्रुप अफ होटेलकी सञ्चालक हुन्।

यसैगरी, संघका प्रथम उपाध्यक्ष विनायक शाह ‘विकास रत्न’ पदकबाट सम्मानित भएका छन्। शाहले मुलुकको पर्यटनमा उल्लेख्य योगदानका गर्नुका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको रैथाने खानाको प्रवर्द्धनसमेत गर्दै आएका छन्।
 

सुझावित समाचार