पेप्सीले मोर फिँज, मोर रिफ्रेसिङ भन्ने सिद्धान्तलाई निरन्तरता दिन नयाँ टिभिसी सार्वजनिक गरेको छ, जसमा ब्रान्ड एम्बासडर प्रदीप खड्कालाई देख्न सकिन्छ । फिल्मको सुरुवात युवाको जोडी डिनर टेबलमा चिसो पेप्सीका साथ देखिन्छ । केटा उठेर जान्छ र वेट्रेससँग अझ बढी फिँज भएको चिसो पेय माग्छ । यस्तैमा ऊ नजिकै नायक प्रदीप खड्का बसिरहेको देख्छ ।
प्रदीपले एउटा गिलासमा कोला पेय खन्याएर ती युवालाई पिउन दिन्छन् । सो युवाको प्यास नाटकीय रूपमा मेटिन्छ र उसले वेट्रेसलाई आफूलाई पनि भर्खरै पिएको त्यही कोला पेय दिन आग्रह गर्छ । यो सुनेर प्रदीपले उसलाई आफूले पेप्सी पिउन दिएको बताउँछन्, यो थाहा पाएर त्यो केटा झनै अचम्ममा पर्छ । किनकि, उसले पेप्सीमा त्यति धेरै फिँज हुन्छ भन्ने सोचेकै थिएन । त्यसपछि त्यो केटाले पेप्सीको बोतल लिन्छ र अझ बढी स्फूर्तिका साथ आनन्द लिइरहेको देखिन्छ ।
फिल्मबारे बताउँदै पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सीको नयाँ अभियानले थप गरिएको फिँजलाई अनौठो कथाका माध्यमबाट प्रस्तुत गरेर ब्रान्डको स्थितिलाई अझ मजबुत बनाएको छ । अभियानको उद्देश्य हाम्रा नेपाली उपभोक्ताका लागि ग्रीष्म यामको निर्विकल्प पेय बनाउनु रहेको छ । प्रदीपसँग काम गर्नु हाम्रा लागि सधैँ उत्साहजनक रहँदै आएको छ, किनकि उहाँ पेप्सीको स्वाएग सिद्धान्तसँग पूर्ण रूपमा परिचित हुनुहुन्छ र उहाँको व्यापक अपिलले हामीलाई उपभोक्तामाझ व्यापक रूपमा पुग्न मद्दत गर्नेछ ।’
फिल्मको सम्बन्धमा चर्चा गर्दै ब्रान्ड एम्बासडर प्रदीप खड्काले भने, ‘पेप्सीको अभियानसँग फेरि पनि जोडिन पाएकोमा म अत्यन्त रोमाञ्चित भएको छु, किनकि ब्रान्डको सिद्धान्त मेरो अन्तरहृदयको भावना र हरचिजलाई अत्यन्त धीरताका साथ पछ्याउने मेरो आत्मविश्वाससँग मेल खान्छ ।’ अझ बढी फिँज भएको नयाँ पेप्सी एकल र बहुपेट सर्भ प्याकहरूसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरूमा र इ–कमर्स प्लेटफर्महरूमा पाइन्छ ।