‘निजी क्षेत्र बलियो र सशक्त बनाउन सरकार तयार छ’

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।  

प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन । यो कुरामा सरकार स्पष्ट छ। के–कस्तो सुधार गर्नुपर्छ त्यसका लागि सरकार तयार छ।’ 

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए। 

सुझावित समाचार