‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेस गरेकाे सो विधेयक सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक अब सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ। राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते अपराह्न १ बजे बस्नेछ।

सुझावित समाचार