सरकारको सय दिन उतारचढावयुक्त रह्यो : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
सरकारको सय दिन उतारचढावयुक्त रह्यो : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सय दिन उतारचढावयुक्त रहेको बताएका छन् । 

आज गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकारले स्थिरता पाएकाले अब विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताए । 

उनले अब नीति, कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा आफूहरू जुटेको भन्दै उनले अब राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताए ।

अहिले प्राप्त ऐतिहासिक जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो । 

सुझावित समाचार