भगवान् महावीरको जन्म कल्याणक महोत्सवमा विविध कार्यक्रम

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

नेपाल जैन परिषद्ले भगवान् महावीरको २६२२औँ जन्म कल्याणक दिवस मनाएको छ । चैत शुक्ल त्रयोदशी (२१ चैत) मंगलबारका दिन परिषद्ले विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । 

महावीरको जन्म कल्याणक समारोहको पूर्वसन्ध्यामा सञ्चारमाध्यमद्वारा भगवान् महावीर स्वामीको जीवनी र दर्शन प्रकाशन–प्रसारण गरिएको थियो । साथै, चैत शुक्ल त्रयोदशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले दिएको शुभकामना सन्देश सञ्चारमाध्यममा प्रकाशन–प्रसारण गरिएको थियो । सोही दिन प्रभातफेरी अहिंसा–शान्ति पदयात्रा आयोजना गरिएको थियो ।

प्रभावतफेरीमा झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा, संघ–संस्थाहरूका ब्यानर तथा अहिंसा, विवेक, सत्य, शाकाहार तथा महावीर वाणीका प्लेकार्ड, जैन धर्मको पञ्चरंगी झन्डा, पताकासहित धार्मिक संगीत तथा भजन गाइएको परिषद्ले जनाएको छ ।

सुझावित समाचार