ग्यास सिलिन्डरको सुरक्षित प्रयोग कसरी गर्ने ?

जानीराखौँ

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण
  •      सम्भव भएसम्म भान्साकोठाको पर्दा सुतीको राख्ने । 
  •      एनएस वा आइएसओ चिह्नअंकित रेगुलेटर र होज पाइपको मात्र प्रयोग गर्ने ।
  •      चुलो र सिलिन्डरबीचको दूरी दुई मिटर राख्ने । 
  •      ग्यास सिलिन्डरको नजिकै स्टोभ वा इन्भर्टर नराख्ने । 
  •      सिलिन्डरभन्दा ग्यासचुलो उचाइमा राख्ने । सिलिन्डर सधैँ उठाएर मात्र राख्ने ।
  •      ग्यास बाल्नुअघि झ्याल, ढोका खुला राख्ने ।
  •      ग्यासचुलो अटोमेटिक छैन भने लाइटर वा सलाई पहिले नै तयार गरेर चुलोको बटन खोल्ने ।
  •      सम्भव भएसम्म लामो पाइप राखेर सिलिन्डर भान्साकोठाबाहिर राख्ने ।
  •      भरिएको नयाँ सिलिन्डर चुलोमा जोड्नुअघि भल्ब लिकेज भए/भएबारे यकिन गर्न भल्बमा थोरै पानी हाल्ने । यसरी पानी हाल्दा फोका निस्किए सिलिन्डरलाई बाहिर खुला स्थानमा राखी ग्यास विक्रेतालाई खबर गर्ने ।
  •      भान्सामा ग्यासको गन्ध आएको महसुस भए सलाइ, लाइटर, बिजुलीको स्विच, मोबाइल फोन केही नचलाउने ।
  •      भान्सामा काम गर्नेले सम्भव भएसम्म सुतीको एप्रोन प्रयोग गर्ने ।
  •      ग्यास रेगुलेटर र पाइप वेला–वेला सफा गर्ने र हरेक दुई वर्षमा बदल्ने ।
  •      खाना पकाइसकेपछि चुलोभन्दा पहिले रेगुलेटर बन्द गर्ने । यसो गर्दा पाइपमा ग्यास जम्न पाउँदैन ।

सुझावित समाचार