नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ८५ रुपैयाँसम्मको बोनसदरलाई निरन्तरता दिएको छ । कम्पनीले आव ०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनसदर सार्वजनिक गर्दै ८५ रुपैयाँसम्मको बोनसदरलाई निरन्तरता दिएको हो ।
कम्पनीले विभिन्न बिमा योजनामा बोनसदर प्रतिहजार बिमांक ६३ रुपैयाँदेखि ८५ रुपैयाँसम्म निर्धारण गरेको जनाएको छ । सावधिक जीवन बिमा योजनामा नौ वर्षदेखि २० वर्षसम्म अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ र सोभन्दा माथिका लागि प्रतिहजार ८५ रुपैयाँ तोकेको जनाइएको छ ।
त्यस्तै, सावधिक तथा आजीवन बिमालेखअन्तर्गत नौ वर्षदेखि २० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखिमाथिका लागि प्रतिहजार ८५ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बिमालेख योजनामा नौ वर्षदेखि १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ र २० वर्षभन्दा बढीका लागि प्रतिहजार ६४ रुपैयाँ तोकेको जनाइएको छ ।