एलपी ग्यास बोकेकाे ट्यांकर पल्टिँदा एककाे मृत्यु, दुई घाइते

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एकजनाको मृत्यु भएको छ। 

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो।

ट्यांकरमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा भारतको बरौजी बस्ने २९ वर्षीय रामवतन ताती  र अर्का एकजना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ। अर्का एकजनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो। ट्यांकर अनियन्त्रित भएर सडकछेउमा पल्टिएको हो। 

सुझावित समाचार