बैठकमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय सभाको रुलिङ

आइतबार, १२ चैत, २०७९
डिजिटल संस्करण
बैठकमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय सभाको रुलिङ

फाइल तस्बिर

राष्ट्रिय सभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ।

बैठकको सुरुमै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्। 
 
राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घन्टा ढिला गरी सुरु भएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्। 

सुझावित समाचार